एनसीसी बैंकको सिइओमा दोहोरिए रमेश अर्याल, दोस्रो कार्यकाल असोज १ बाट

काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा रमेश अर्याल दोहोरिएका छन् । उनको दोस्रो कार्यकाल असोज १ गतेबाट सुरु हुने छ । बुधबार बसेको सञ्चालक समिति बैठकले अर्याललाई अर्काे चार वर्षका लागि सिइओ नियुक्त गरेको हो ।

अमृत चरण श्रेष्ठले एनसीसी बैंक छाडेपछि अर्याल २०७३ असोज १ गते बैंकको सिइओ नियुक्त भएका थिए । ३० वर्ष अघि तत्कालीन नेपाल ग्रीनलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैकिङ करिअर आरम्भ गरेका अर्याल २०५३ माघदेखि एनसीसी बैंकमा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *