आजको राशिफलः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ ? लाभ बेला र अमृत बेला पार्नुहाेस

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–तृतीया,४३ घडी १५ पला,बेलुकी १० बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– शतभिषा,१४ घडी ०९ पला,बिहान ११ बजेर १० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– शोभन,०१ घडी २० पला,बिहान ०६ बजेर ०२ मिनेट उप्रान्त अतिगण्ड । करण– वणिज,बिहान १० बजेर ०८ मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर ४८ मिनेट उप्रान्त बव । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी १३ पला । पञ्चक।
आजको बार बेला ।
बिहान ५ बजेर ३० मिनेटसम्म शुभ बेला ।
बिहान ५ बजेर ३१ मिनेटदेखी बिहान ७ बजेर १० मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ११ मिनेटदेखी बिहान ८ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर ५० मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०९ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १० मिनेटदेखी दिउसो १ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर ४९ मिनेटदेखी दिउसो ३ बजेर २८ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर २९ मिनेटदेखी साझ ५ बजेर ०८ मिनेटसम्म शुभ बेला ।
साझ ५ बजेर ०९ मिनेटदेखी बेलुकी ८ बजेर ०८ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो १ बजेर ४८ मिनेटदेखी दिउसो ३ बजेर २८ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ भने व्यापार व्यावसायबाट नाँफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको बलियो समर्थन प्राप्त होला । बुवा तथा बुवा सरहका व्याक्तिबाट भरपुर सहयोग प्राप्त हुनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा तपाईँ अव्बल साबित हुनुहुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिशेष मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । लामो समयदेखि रोकिएर बसेका सरकारि तथा घरायसि कामहरु बन्नेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । सामाजिक काम गर्नुपर्ने बाध्यता आउने तथा व्यापार व्यावसायमा समय दिन नसकिने हुनाले अन्य दिनको तुलनामा आम्दानि कम हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रुपैया पैसा तथा धन सम्पतिको राम्रोसँग व्याबस्थापन गर्नुहोला हराउने तथा चोरिने अधिक सम्भावना रहेकोछ । व्यावसायमा भनेजस्तो आम्दानि नहुने हुँदा समस्याहरु टार्न अलि गाह्रो भएको महशुष हुँनेछ । जीवन साथिसँग असमज्दारि बढ्ने तथा बिश्वास गरेका हरुबाट नै धोका हुनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउन बढिनै मेहनेतको खाचो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ध्यान दिनुहोला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा भावना साटासाट गरि समय व्यातित गर्न सकिनेछ । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंत्तिमा आउनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुँदा मन खुसि रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आकस्मिक धन,सम्पति लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । घरपरिवारका सदस्य वा आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । यन्त्र तथा उपकरणको प्रयोग गर्दा ध्यान दिनुहोला । सामाजिक काममा दिन बित्ने योग रहेको छ । राजनीति तथा सामाजिक काममा समर्थन भन्दा आलोचना बढि हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाँफा कमाउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने जागर आउनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईकै नाम आउनेछ । माया प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने हुनाले मन प्रशन्न रहनेछ । मांगलिक तथा सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । सामाजिक क्षेत्रमा सहभागि हुने अवसर जुर्ने भएपनि सहकर्मीहरु बाट नै खुट्टातान्ने काम हुनेछ  । पढाई लेखाईमा बाधा तथा अवरोधको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने घर परिवारमा एक अर्का बिच राय नमिल्ला कामहरु थाति रहनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अन्य काममा व्यास्त हुँदा पठन पाठनमा आजको दिन खासै मन जाने छैन । स्वास्थ्यमा समस्या आईपर्ने हुँदा खर्च बड्ने तथा मन चिन्तित हुनेछ । घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । तरपनि बैदेशिक क्षेत्रसँग सम्बन्धित काम फस्टाएर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउने योग रहेकोछ ।

तपाईँको दिन शुभ रहोस्  ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *