सनराइज बैङ्कमा कार्यरत ३० वर्षिया महिला कर्मचारीद्वारा आत्महत्या, ‘सुसाइड नोट’ भेटियो

विराटनगर । सनराइज बैंकमा कार्यरत एक महिला कर्मचारीले आत्महत्या गरेकी छन् । विराटनगर–७ स्थित सनराइज बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षिया सनाज खतिवडाले बुधवार आत्महत्या गरेकी हुन् ।

विराटनगर ८ की खतिवडाले बैंकमा मुसा मार्ने औषधी, लुवान नामक विषादी सेवन गरेपश्चात् विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । विष सेवन गरेर बेहोस भएकी खतिवडालाई बैंकका कर्मचारीले अस्पताल पु¥याएको बताइएको छ ।

घटनास्थलबाट लुवान नामक विषादी र ब्लेड पनि बरामद गरेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । गौतमले भने, ‘बैंक भित्र रहेको सिसी टिभी फुटेज झिकेर हामीले अनुसन्धान सुरू गरेका छौँ ।’ डिएसपी गौतमका अनुसार घटनास्थलमा बरामद गरेको विषादी हेर्दा आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

मृतकको शव पोष्टमाटम गर्न विराटनगरस्थित कोशी अस्पताल पठाएको छ । पोष्टमाटम रिपोर्टपछि थप खुल्ने डिएसपी गौतमले बताए । उनका अनुसार मृतकको हातमा पनि ब्लेडले काटिएको छ ।

प्रहरीले बरामद गरेको विषादी परीक्षण गर्न पनि विधि विज्ञान प्रयोगशालामा पठाउने बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी राईले भने, ‘मृतकको ब्यागमा ‘सुसाइट नोट’ पनि फेला परेको छ,’ ‘हामीले थप अनुसन्धान सुरू गरेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *