कक्षा ११ का विद्यार्थीहरुको परीक्षा शुल्क कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने
२०७७ साउन २१ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीहरुबाट लिइएको शुल्क कक्षा १२ को परीक्षा शुल्कमा मिलान गर्ने भएको छ ।
कक्षा ११ को परीक्षाका लागि लिइएको परीक्षा शुल्क फिर्ता गरी १२ कक्षाको परीक्षा शुल्कमा मिलान गरिने भएको हो ।
कक्षा ११ मा परीक्षा शुल्कबाफत लिएको रु ६०० रुपैयाँमध्ये रु ४०० रुपैयाँ फिर्ता गरिने परीक्षा बोर्डले जनाएको छ । रु २०० भने परीक्षा तयारीमा खर्च भएको बोर्डले जानकारी दिएको छ ।
कोरोना भाइरस महामारीका कारण कक्षा ११ को परीक्षा सम्बन्धि विद्यालयले नै लिने व्यवस्था गििरएको छ ।
२०७७ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








