पाकिस्तानले जारी गर्‍यो भारत शासित काश्मीर सहितको नयाँ नक्सा

काठमाडौँ । पाकिस्तानले भारतले शासन गरिरहेको जम्मु काश्मीर सहित सियाचिन सहितको भूभाग समेटिएको नयाँ नक्सा जारी गरेको छ । इतिहासमा पहिलो पटक पाकिस्तानले यो नक्सा जारी गरेको पाकिस्तानका विदेश मन्त्री मोहम्मद कुरैसीले बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले अगस्ट ५ मा गत वर्ष भारतले धारा ३ सय ७० खारेज गरे पछि देखिएको समस्याको समाधान राष्ट्रसङ्घीय मध्यस्थतामा हुनु पर्ने र सैन्य हैन राजनीतिक तरीकाले मात्रै समाधान निस्कने पनि बताए । उनले सबै पार्टी र जनताको समर्थनमा नयाँ नक्सा ऐतिहासिक रूपले जारी भएको बताएका छन् ।

अब विदेशमा, स्कुल, कलेज, सबै तिर लागू हुने खानले बताए । विदेशमन्त्री मोहम्मद कुरैसीले सबै जनतालाई बधाई दिएका छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *