खैरहनीमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

चितवन । चितवनको खैरहनीमा होम क्वारेनटाईनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बारा घर भई १३ दिन अघि खैरहनी आएका ३५ वर्षिय पुरुषको होम क्वारेनटाईनमा सोमबार राती मृत्यु भएको थियो । छातीमा समस्या देखिँदा मृत्यु भएका उनको स्वाब संकलन गरि भरतपुर कोरोना प्रयोगशालामा जाँच गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो । उनीसँगै बसेका ५ जनाको पनि स्वाव संकलन गरि पठाईएको छ । तर रिपोर्ट भने आएको छैन । बोरा उद्योगमा काम गर्न आएका उनीहरु सवै होम क्वारेनटाईनमै थिए ।

यसअघि चितवनको कालिका नगरपालिकामा पनि होम क्वारेनटाईनमा बसेका एक पुरुषको मृत्यु भएको थियो । परिक्षणका क्रममा उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको थियो । उनी भारतबाट आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *