संक्रमण बढ्दै गएपछि बाँकेमा चार दिन निषेधाज्ञा थपियो

बाँके । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ ।

कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागू निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको छ ।

बाँके जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आजको बैठकले यही साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *