थप २५९ जनामा काेराेना पुष्टि, उपत्यकामा ६२ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (मंगलबार) को प्रेस ब्रिफिङमा यसबारे पुष्टि गरे । उनका अनुसार संक्रमितमध्ये उपत्यकाका ६२ जना छन् । काठमाडाैंमा ४८, ललितपुरमा एक र भक्तपुरमा १३ संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६५ जना डिस्चार्ज भएकाे पनि उनले जानकारी दिए । आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । ५ हजार ९२५ जना सक्रिय संक्रमितहरूको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ६८७ जनाको पीसीआर परीक्षण भएको छ । देशभर १० हजार ४५२ जना क्वारेन्टिनमा छन् । हालसम्म ५८ संक्रमितकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *