प्रदेश १ का मुख्य न्यायाधिवक्ताका परिवारै कोरोना संक्रमित, फेला परेन ट्राभल हिस्ट्री

विराटनगर । पछिल्लाे समय नेपालका प्रहरी, स्वास्थ्यकर्मी लगायतमा काेराेना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएकाे छ । न्यायाधिवक्तामा समेत काेराेना देखिएकाे छ । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यसहित परिवारका ३ सदस्यमा कोरोना पुष्टि भएकाे हाे ।

विराटनगर-५ स्थायी घर भएका आचार्यसहित परिवारैमा काेराेना संक्रमण देखिएपछि अहिले धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी छ ।

मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । सिटामाेल खाएपछि निकाे पनि भएकाे थियाे । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । कसरी संक्रमण भयाे भन्ने खुलेकाे छैन ।

तीनै जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ । सबैकाे स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =