मेलम्ची पहिरो: ५ जनाको शव भेटियो, ३ अझै बेपत्ता [अपडेट]
२०७७ साउन १९ गते
![मेलम्ची पहिरो: ५ जनाको शव भेटियो, ३ अझै बेपत्ता [अपडेट]](https://www.makalukhabar.com/wp-content/uploads/2020/08/pahiro_melamchee.jpg)
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव भेटिएको छ ।
सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिँदा बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । पहिरोले पुरिँदा ७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका थिए ।
सिडिओ ढकालका अनुसार घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ता ३ जनाको खोजीकार्य चलिरहेको छ । जीवितै उद्धार गरिएको ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
उनीहरु सबै कभर्ड हल निर्माणमा खटिएका कामदार हुन् । पहिरोले कभर्ड हलको आधा भाग र मजजदुर बस्ने टहरो पूरै पुरेको छ ।
२०७७ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








