मेलम्ची बजारमा पहिरो खस्दा ८ मजुदर बेपत्ता, १ को जीवितै उद्धार
२०७७ साउन १९ गते

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मा रहेको मेलम्ची बजारमा मध्यराति पहिरो खस्दा ८ जना मजुदर बेपत्ता भएका छन् ।
अविरल वर्षासँगै राति साढे २ बजे तिर मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो खस्दा ९ मजुदर बेपत्ता भएकोमा एकजनाको जीवितै उद्धार गरिएको मेलम्चीका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिए ।
उनका अनुसार पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरासिया, प्रदिप चौरासिया, राजेश चौधरी, विक्रम थिङ, मनबहादुर रुम्बा, सिमन घ्लान, शिव बालक, धामी, सोनाम लामा छन् भने बारु शहाको उद्धार गरिको छ ।
उनीहरु मेलम्ची नगरपालिकामा निर्माणधिन कर्भडहलमा कार्यरत कामदार हुन् । कर्भडहलमा काम गर्ने कामदार बस्ने जस्ताको टहरो आधा पुरिएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, प्रहरी र स्थानीयले बेपत्ताहरुको उद्धारमा खटिएका छन् ।
२०७७ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








