जलाउन लगेको शव आर्यघाटबाट बरामद
२०७७ साउन १८ गते

काठमाडौं । प्रहरीले पशुपति आर्यघाटबाट जलाउन लगिएको शव बरामद गरेको छ । हत्या अभियोगमा जलाउन लगिएको ललितपुर गोदावरीका ५० वर्षीय कृष्ण नेपालीको शव बरामद गरेको हो ।
मृतक नेपालीका छोरा ३० वर्षीय सन्तोस नेपालीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गत बिहीबार राति मृतक नेपाली र उनका छोरा सन्तोष नेपाली बीच मदिरासेवन गरी झगडा परेको र छोरा सन्तोषले बाबुमाथि कुटपिट गर्दा बाबु बेहोस भइ छाउनीस्थित सैनिक अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको बताइएको छ ।
दाहसंस्कार गर्न छोराले शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
२०७७ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








