नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

काठमाडौं । नेपालमा पहिलाे पटक प्लाज्मा थेरापीबाट काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे उपचार सुरू गरिएकाे छ ।त्रिवि शिक्षण अस्पतालले गएकाे बिहीबार विराटनगरका ६० वर्षीय काेराेना संक्रमित पुरूषकाे प्लाज्मा थेरापीबाट उपचार गरी याे सेवाकाे सुरूवात गरेकाे हाे ।

ती पुरूषमा निमोनिया देखिएपछि साउन १० गते आइसीयुमा भर्ना गरिएकाे थियाे । उनकाे अवस्था गम्भीर रहेकाे र अक्सिजनमा सुधार नआएपछि प्लाज्मा थेरापीबाट उपचार गरिएकाे अस्पतालले जनाएकाे छ ।

अहिले उनकाे स्वास्थ्यमा केही सुधार आएकाे छ । ६० प्रतिशत अक्सिजन चाहिएकोमा अहिले २८ प्रतिशतमात्र चाहिएको अस्पतालकाे भनाइ छ । हाल उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ । यसको प्रयोग अन्य देशहरूले पनि गर्दै आएका छन् । यो विधिबाट निको भएका संक्रमितको रगत गम्भीर बिरामी परेका संक्रमितलाई दिने गरिन्छ । प्लाज्मा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *