ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३१३ जना क्वारेन्टिनमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि महाशाखालाई सिल गरिएको छ । महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालसहित ३१३ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने सशस्त्र प्रहरी अस्पताल बलम्वुमा पठाइएको छ । एसएसपी ढकालले क्वारेन्टिनमा बसेर सेटबाटै ट्राफिक गतिविधि नियालिरहेका छन् । उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको ढकालको भनाइ छ ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३१३ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =