रोनाल्डो बिना मैदानमा उत्रेको युभेन्ट्सको लज्जास्पद हार

काठमाडौं । इटालियन सिरी ए को यस सिजनको अन्तिम खेलमा युभेन्टसले लज्जास्पद हार बेहोरेको छ । क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको युभेन्ट्स रोमासँग ३-१ ले पराजित भएको हो ।

औपचारिक महत्त्व नभएको हुनाले रोनाल्डो, पाउलो डिबाला लगायतका खेलाडीलाई यो खेलमा आराम दिइएको थियो । रोमाको जितमा डिएगो पेरोटीले दुई गोल गरे भने निकोला कालिनिकले एक गोल गरेका थिए । त्यस्तै युभेन्टसका लागि गोन्जालो हुगैनले एक गोल गरेका थिए ।

योसँगै लिग जितेपनि युभेन्टसले अन्तिम खेलमा हारे बेहोर्दै यो सिजना सकाएको छ । ३८ खेलमा ८३ अंकसहित युभेन्टसले लिग सकाएको छ । त्यस्तै रोमाले भने ३८ खेलमा ७० अंक हासिल गर्दै पाँचौ स्थानमा यो सिजन सकाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *