आज साउन १८ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल (भिडियाे सहित)

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल साउन १८ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–चतुर्दशी,३८ घडी २९ पला,बेलुकी ०८ बजेर ५२ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– पूर्वाषाढा,०४ घडी ४९ पला,बिहान ०७ बजेर २८ मिनेट उप्रान्त उत्तरषाढा । योग– विष्कुम्भ,०९ घडी ३९ पला,बिहान ०९ बजेर २० मिनेट उप्रान्त प्रिती  । करण– गर,बिहान ०९ बजेर ११ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ५२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ  योग । चन्द्रराशि–धनु , मध्यान्ह १ बजेर २८ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २५ पला । श्री शिवजीमा पवित्रारोपण गर्ने दिवस। बाजुरा बडीमालिका मेला।
आजको बार बेला ।
बिहान ५ बजेर २८ मिनेटसम्म उद्वेग बेला ।
बिहान ५ बजेर २९ मिनेटदेखी बिहान ७ बजेर ०८ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ९ मिनेटदेखी बिहान ८ बजेर ४९ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ५० मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०९ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १० मिनेटदेखी दिउसो १ बजेर ४९ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ५० मिनेटदेखी दिउसो ३ बजेर ३० मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर ३१ मिनेटदेखी साझ ५ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
साझ ५ बजेर ११ मिनेटदेखी बेलुकी ८ बजेर १० मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ५ बजेर १० मिनेटदेखी साझ ६ बजेर ५० मिनेटसम्म रहने ।राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाजसेवा तथा कल्याणकारि काममा दिन बित्ने योग रहेकोछ । धर्ममा मन जाने हुनाले धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । खोज तथा अनुशन्धानमा गरिएको लगानि बाट भनेजस्तो नतिजाको अपेक्षा गर्न सकिनेछ । प्रीय पात्रलाई आफ्नै आखा अगाडि देख्न पाउदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा  समय लगानी गर्नेहरुका लागी जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय मध्ययम रहेकोले समय र कामको तालमेल नमिल्दा न्यून उपलब्धि हासिल हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापारमा मन्दि आउनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सुखदुःखमा साथ दिने प्रशस्त भेटिनेछन् । अध्ययनमा मन जाने तथा खोजीमुलक काममा रुचि बढ्नेछ । मनमा धार्मिक प्रवृति जागृत हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउँने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट  स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारबाट सामान्य नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्न पाउदा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरी तथा राजनीतिमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  बिहानको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्नेछन् । निर्णय लिएर शंका गर्ने बानिले समस्या निम्त्याउनेछ । अनावस्यक तथा दुर्गम स्थानको कष्टकर यात्रा हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले चिताएको काममा सोचेजस्तै सफलता हात पार्न सकिनेछ । काम तथा अध्ययनमा दिन व्यास्त रहने तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रणय सम्बन्ध सुदृड हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ख्याल गर्नुपर्ने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्षित हुनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने तथा सत्रु परास्त हुनेछन् । पारिवारिक माहोलका विच स्वादिष्ट भोजन गर्ने अवसर जुर्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरि नाम,नाम तथा ईनाम कमाउँन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा अध्ययन कै सवासला छोटो दुरिको यात्रा हुनेछ । दैनिक कामलाई समय सापेक्ष परिवर्तन गरि लाभ लिन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक रुपमा सवल हुनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस्  ।

  • ज्यो.डिपी उपाध्याय ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *