थप २२४ जनामा संक्रमण पुष्टि, उपत्यकामा ३८ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको भने १५१ जना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमितमध्ये उपत्यकाका मात्रै ३६ जना रहेका छन् । काठमाडौंका ३२, भक्तपुरका १ र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर परीक्षण भएको छ । आजको अपडेटसँगै देशभर कुल कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ भने १४ हजार ३९९ जना संक्रमित डिस्चार्ज भइसकेका छन् ।

देशभरका क्वारेन्टिनमा १२ हजार १११ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =