काेराेना अपडेटः देशभर थपिए २७४ संक्रमित, उपत्यकाका ४५ मा संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जनाएको छ ।
संक्रमितमध्ये उपत्यकाका ४५ जना रहेका छन् । काठमाडौंका ४१, ललितपुरका २ र भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको हो । अन्य संक्रमितहरु धनुषा, महोत्तरी, बारा, पर्सा, नवलपरासी, चितवन, कपिलवस्तु, प्युठान, कपिलवस्तु, खोटाङ, सर्लाही, स्याङजा, लमजुङ, कास्की, बागलुङ, तनहुँ, दार्चुला, कैलाली, कञ्चनपुर लगायत जिल्लाका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२७ जना संक्रमित संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ भने १४ हजार २४८ जना डिस्चार्ज भइसकेका छन् ।
५ हजार २२७ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । देशभर १३ हजार २०१ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण भएको छ । त्यस्तै मन्त्रालयले आज थप ३ जना संक्रमितको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ५२ पुगेको छ ।








