१३ औँ सागका स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ सम्मानित

काठमाडाैं । १३ औँ साग खेलकुदमा नेपालको तर्फबाट पहिलो स्वर्ण पदक विजेता एवम् नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल सितोरियो कराँतेका उत्कृष्ट खेलाडी मण्डेकाजी श्रेष्ठलाई सम्मान गरिएकाे छ । ललितपुरस्थित होटल भिभान्तामा एक अनौपचारिक कार्यक्रममा सम्मान गरिएको हाे ।

राष्ट्रिय युवा संघ, नेपालका नेता रमेश आचार्यको प्रमुख आतिथ्यता, धादिङ जिल्ला फुटवल संघ का अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सन का प्रोपाइतर, गुड विल बिलदर्स का CO कराँते खेलका पूर्व राष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा पाँच लाख  हस्तान्तरण गरी सम्मान गरिएकाे जानकारी दिइएकाे छ ।

उक्त कार्यक्रममा गजुरियो कराँतेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङ का अध्यक्ष रमेश अधिकारी, नारायणी स्टीलका CEO रोशिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोलले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *