सुनको मूल्यमा नयाँ रेकर्ड, करोबार कतिमा ?

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५ सयले बढेको छ ।

बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार ५ सयले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९८ हजार ६६० सयमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार २२५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *