‘सिरी ए’ मा राेनाल्डाे सम्मिलित युभेन्टसकाे हार

एजेन्सी । इटालीको ‘सिरी ए’ मा सिजनको सर्वाधिक गोलकर्ता हुने अवसरले क्रिस्टियानो रोनाल्डो गुमाएका छन् । कागलिरीविरुद्धको बुधबारको खेलमा युभेन्टस २–० ले पराजित हुँदा राेनाल्डाेले आफ्नो गोल संख्या बढाउन चुके ।

३५ वर्षीय रोनाल्डोले यो सिजन ३१ गोल गरेका छन् र उनी लाजियोका सिरो इम्बोली भन्दा चार गोलले पछाडि छन् । अब लिग चरणमा युभेन्टसको एक खेल मात्र बाँकी छ र त्यो एएस रोमाविरुद्ध रहेको छ ।

लिगको १३ ‌औं स्थानमा रहेको कागलिरीले आठौं मिनेटमा २० वर्षीय खेलाडी लुका गागलिनोको गोलले अग्रता लिएको थियो । जियोभानी सिमोनीले गोल थपे ।

बुधबारकै अन्य प्रमुख खेलमा लाजियोले ब्रेसियालाई २–०, रोमाले टुरिनोलाई ३–२ र एसी मिलानले साम्पडोरियालाई ४–१ ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *