विराटनगरमा ‘ग्रेटडिल्स ९९’ अनलाइन सपिङ्ग सञ्चालनमा

विराटनगर । विराटनगरमा पहिलो पटक अनलाइन सपिङ्ग सञ्चालनमा आएको छ । ५ सय बढी स्वदेशी तथा विदेशी उत्पादनसहितको ‘ग्रेटडिल्स ९९’ नामक अनलाईन शपिङ बेवपोर्टल सञ्चालनमा आएको हो ।
न्युनतम ९ रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मका उत्पादनहरु मोबाईलका माध्यमबाट घरैमा बसेर खरिद सकिन्छ ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर कोरोना महामारीका कारण घरबाहिर गएर सामान खरिद गर्नु जोखिम भएकाले अनलाईन सपिङ्गको विकल्पका रुपमा गे्रटडिल्स ९९ डटकम नामक व्यवसायिक वेबपोर्टलको अवधारणा अघि सारिएको कम्पनीका प्रबन्ध निर्देशक प्रशान्त ठाकुरले बताए ।
ग्रेट डिल्स मार्फत् १ हजारभन्दा माथिको कुनै पनि उत्पादन खरिद गर्दा डेलिभरी शुल्क नलाग्ने र सो बाट प्राप्त हुने मुनाफाकोे १ रुपैयाँ गरिब बालबालिका तथा वृद्धवृद्धाका लागी सहयोगार्थ प्रदान गरिने ठाकुरले जानकारी दिए ।
प्रदेश १ का प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने विश्वासका साथ बुधबारदेखि सञ्चालनमा आएको ग्रेट डिल्स ९९ डटकम मार्फत् सस्तो र सुलभ मुल्यमा स्वदेशी तथा विदेशी उत्पादनहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।








