वीरगञ्जमा काेराेना संक्रमणबाट थप एककाे मृत्यु, मृतक संख्या ५० पुग्याे
२०७७ साउन १४ गते

सांकेतिक तस्वीर। मकालु खबर।
पर्सा । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।
अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले मकालु खबरलाई जानकारी दिए ।
डा. उपाध्यायका अनुसार मृतक वीरगञ्ज महानगरपालिका राधेमाई टोल निवासी हुन् । मुटुका बिरामी उनकाे आज (बुधबार) बिहान १०ः४० बजे मृत्यु भएकाे हाे । उनका परिवारकाे पनि कन्ट्याक्ट ट्रेसिङ भइसकेकाे छ । सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे पनि डा. उपाध्यायले बताए ।
ती मृतकमा ८ गते संक्रमण पुष्टि भएकाे थियाे । उनकाे मृत्यु भएसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ५० पुगेकाे छ । देशभर ५ हजार ३६० जना सक्रिय संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
२०७७ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








