थप २१० जनामा कोरोना पुष्टि, काठमाडाैंमा १४ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टमा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ भने १४६ संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमा यसबारे पुष्टि गरे ।

योसँगै देशभर कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ भने संक्रमितमध्ये १४ हजार २१ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् । संक्रमितमध्ये काठमाडाैंका १४ जना रहेका छन् भने भक्तपुरका १ जना रहेका छन् । अन्य संक्रमित विभिन्न जिल्लाका छन् ।

५ हजार ३६० जना सक्रिय संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । देशभर १४ हजार ४७१ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =