सन्दीपको सीपीएल यात्रा निश्चित, ३० जुलाइमा लुसिया प्रस्थान गर्दै

काठमाडौं । नेपाली लेगस्पेनर सन्दीप लामिछानेको सीपीएल यात्रा निश्चित भएको छ ।

अगस्ट १८ देखि हुने सिपिएलको आगामी सिजनका लागि जमैका तल्लावाजले सन्दीपलाई १ करोड ३० लाख नेपाली रूपैयाँमा सम्झौता गरिसकेको छ ।

उनका व्यवस्थापक रमन शिवाकोटीले भनेका छन्, “भाइरस परीक्षणको रिपोर्ट आउन बाँकी भए पनि अन्य सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । कोरियन एयरको चार्टर्ड विमानमार्फत् सन्दीप ३० जुलाइमा सेन्ट लुसिया प्रस्थान गर्ने र अगस्ट १ मा त्यहाँ पुग्नेछन् ।”

सन्दीपले हिजो स्टार हस्पिटलमा कोरोना भाइरसको परीक्षणका लागि स्वाब दिएका थिए । यद्यपि, त्यसको रिपोर्ट आउन बाँकी भने बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *