सत्याग्रहमा बसेकी समाइराकाे स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौं । ‘इनफ इज इनफ’ अभियानमा आबद्ध समाइरा श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ । एक हप्ताबढी पानी, खाना नखाइ अनशनमा बसेकी समाइराकाे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएकाे हाे ।
अभियानका अर्का अभियान्ता ई भने अनशनमै छन् । पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो बनाउनुपर्ने, लगायतका माग राख्दै उनी अनशन बसेकाे ११ दिन पुगिसकेकाे छ । यसघि पनि उनीहरू १२ दिनसम्म अनशन बसेका थिए ।
सरकारले माग पुरा गरिदिने भन्दै १२ बुँदे सहमति गरेपछि अनशन ताेडेका उनीहरूले १२ दिन बित्दा समेत सरकारले यसमा चासाे नदेखाएछि पुनः अनशन सुरू गरेका हुन् । अब सत्याग्रहले मात्र आफ्नो मागहरु पुरा नहुने भन्दै यसका अभियान्ताहरूले सडक आन्दोलन गर्ने घोषणा गरेको छन् ।
यी हुन् मागहरूः
१. पीसीआर परीक्षणको दायरा वृद्धि
२. भएका स्रोतसाधनको प्रयोग
३. कन्ट्याक्ट ट्रेसिङ
४. चाँडो नतिजा ।
५. क्वारेन्टिन रणनीति सुधार ।
६. घर पठाउनुअघि परीक्षण ।
७. कोभिड १९ को सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको आदेशहरुको कार्यान्वयन ।
८. अग्रपंक्तिमा खटिएकाहरुको सुरक्षा ।
९. विज्ञ सुझाव समिति गठन ।
१०. राहत र सुरक्षा ।
११. पारदर्शिता र जवाफदेहिता ।
१२. स्वास्थ्य क्षमता वृद्धि ।
१३. जोखिमको जानकारी ।
१४. अधिकारको रक्षा ।








