टेलिकमको नयाँ प्रिपेड सिम एक्टिभेट गर्न यस्तो छ नयाँ प्रक्रिया

काठमाडों । नेपाल टेलिकमले टपअप रिचार्ज गर्न र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न नयाँ व्यवस्था ल्याएको छ । नेपाल टेलिकमका विभिन्न सेवाहरुको टप अप रिचार्ज गर्नका लागि यूएसएसडी कोड स्टार४१२ह्याच प्रयोग गरी उक्त योजना प्रयोग गर्न सकिने छ ।

कम्पनीको जिएसएम मोबाइलबाट स्टार४१२ह्याच डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकनिे कम्पनीले जनाएको छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको टपअप रिचार्ज यूएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिने छ ।

त्यसैगरी नयाँ सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी पहिलो कल एक्टिभेशन (एफसीए) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले स्टार१४१४ह्याच डायल गरी एफसीए गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट (www.ntc.net.np) मार्फत टपअप (रिचार्ज) गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको टपअप (रिचार्ज) समेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको टेलिकमका प्रवक्त राजेश जोशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *