काेराेना संक्रमण बढ्याेः देशभर ३११ संक्रमित थपिए, उपत्यकामा मात्रै ५४ जनामा पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे पुष्टि गरेको हो ।

योसँगै देशभर कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । संक्रमितमध्ये १३ हजार ८७५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १२१ जना डिस्चार्ज भएका छन् ।

आज थपिएका संक्रमितमध्ये उपत्यकाका ५४ जना रहेका छन् । भक्तपुर १, ललितपुरका ५ र काठमाडाैंका ४८ जना रहेका छन् । अन्य संक्रमितहरू झापा, मोरङ, ओखलढुंगा, सप्तरी, धनुषा, महोत्तरी, बारा, इलाम, पर्सा लगायतका जिल्लाका छन् ।

देशभरका क्वारेन्टिनमा आज १५ हजार ३३१ जना रहेका छन् । ५ हजार १२९ सक्रिय संक्रमित छन् । पछिल्लाे २४ घण्टामा ५ हजार ३२ जनाकाे पीसीआर परीक्षण गरिएकाे प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =