प्रहरी हेडक्वार्टरका थप २३ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमण अब समुदाय स्तरमै पुगेको देखिएको छ । पर्सा, सप्तरी जस्ता क्षेत्रमा कोरोना समुदायमा पुगेकोमा अब नेपाल प्रहरीको हेड क्वाटरमै प्रवेश गरेको छ ।

नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीका अनुसार थप २३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार हेडक्वाटरमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् । उनीहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रवक्ता शाहीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *