देशभर १८४ प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर १८४ जना प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकासहित विभिन्न प्रदेशमा कार्यरत १८४ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकाका ४०, प्रदेश १ का २७, प्रदेश २ का ३४, गण्डकी प्रदेशका २९, प्रदेश ५ मा १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिम प्रदेशका १२ प्रहरीमा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९९ जना डिस्चार्ज भइसकेका छन् । बुधबार मात्रै स्याङ्जाका १८ प्रहरीमा संक्रमण देखिएकाे थियाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबारसम्म पुष्टि गरेकाे तथ्यांक अनुसार देशभर काेराेना संक्रमितकाे संख्या १८ हजार ७५२ पुगेकाे छ । साेमबार १३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या त्यति पुगेकाे हाे । संक्रमितमध्ये १३ हजार ७५४ जना डिस्चार्ज भइसकेका छन् । ५ हजार ४४० संक्रमित विभिन्न अस्पतालकाे आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =