राखेप सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन् ।

आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले राखेप सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि पनि उनी राखेप सदस्य सचिवमै थिए ।

मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्य सचिवमा सिलवाल, अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरकाे नाम सिफारिस गरेको थियो । युवा तथा खेलकुद मन्त्री जगतविश्वकर्माले सिलवाललाई नै पुनः सदस्य सचिवमा नियुक्त गर्न प्रस्ताव गरेपछि उनी छनौटमा परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *