स्याङ्जाका १८ प्रहरीमा कोरोना पुष्टि
२०७७ साउन १२ गते

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत १८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । त्यहाँका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुरुमा तीन जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि कार्यालयभित्र रहेका सबै प्रहरीको परक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित भएकाहरुमा १७ पुरुष र एक महिला रहेका छन् ।
साउन ७ र ८ गते ४ जना थुनुवासहित ९८ जनाको स्वाब संकलन गरिएकोमा ३६ जनाकाे रिपाेर्ट साेमबार आएको थियाे । तीमध्ये १८ जनामा संक्रमण पुष्टि भएकाे हाे । अन्यको रिपोर्ट आउन बाँकी छ ।
संक्रमित सबैको अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।
२०७७ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








