एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
२०७७ साउन १२ गते

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साता भित्र सार्वजनिक गर्ने गरी तयारी भएको छ । देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेकोले यसै साता नतिजा प्रकाशनको तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार २५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको छ। यसै साता नतिजा प्रकाशनको तयारी छ ।
यस वर्षको एसइई परीक्षाका लागि ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी तयारीमा थिए। कोभिड १९ को महामारीका कारण परीक्षा स्थगित गरिएको थियो।
सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो। यसका लागि राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका समेत जारी गरेको छ।
२०७७ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








