पछिल्लो २४ घण्टामा देशभर १३९ संक्रमित थपिँदा ६२६ जना डिस्चार्ज

काठमाडौं । एकैदिन १३९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । याेसँगै देशभर कुल संक्रमितकाे संख्या १८ हजार ७५२ पुगेकाे छ भने १३ हजार ७५४ जना डिस्चार्ज भइसकेका छन् ।

५ हजार ४४० संक्रमित विभिन्न अस्पतालकाे आइसोलेसनमा उपचाररत छन् । देशभर १६ जार ३७९ जना क्वारेन्टिनमा रहेका छन् । आज थपिएका संक्रमितमध्ये ललितपुरका ३ र काठमाडौंका ३ जना रहेका छन् । अन्य विभिन्न जिल्लाका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =