महाबौद्धका काेराेना संक्रमित व्यवसायीको सम्पर्कमा गएकालाई वडाकाे यस्तो अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्दै आएका दुई जना व्यापारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि वडाले उनीहरुको सम्पर्कमा आएकाहरुलाई परीक्षणका लागि अनुरोध गरेको छ।

भारत घर भइ महाबौद्ध गणेश मन्दिर नजिक व्यापार गर्दै आएका धिरज शाह र रञ्जु शाहमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमा संक्रमण देखिएपछि वडाले एक सूचना जारी गर्दै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई यथाशीघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेको हो ।

गणेशमन्दिर देखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि वडाध्यक्ष चिनियामान बज्राचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =