तेक्वान्दो संघका पदाधिकारीको बिदाई

काठमाडौं । नेपाल तेक्वान्दो संघका केन्द्रिय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई बिदाई गरिएको छ । आज बिदाई गरेका सबै पदाधिकारीहरु राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारी रहेका छन् ।

उनीहरु नेपाल सरकारद्वारा जारी गरिएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम खेल संघका कुनै पनि पदमा नरहने प्रावधान अनुसार आ–आफ्नो पदबाट राजीनामा दिएकाले संघद्वारा बिदाई गरिएको हो ।

तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाको सभापतित्वमा आयोजित कार्यक्रममा संघका महासचिव दीपराज गुरुङ्गले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागी पुर्याएको भुमिका र योगदानका लागि धन्यवाद दिए ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै भविश्यमा पनि योगदानका लागी अनुरोध गरेका थिए ।

बिदाई हुनेहरुमा सचिव नविनकुमार श्रेष्ठ, सचिव दिपक विष्ट, सहकोषाध्यक्ष सुमन कुमार घले, सदस्य टिकाप्रसाद लिम्बु, संगिना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान थापा मगर, पूर्ण योञ्जन, कविराज खड्गी, हिरा बहादुर थापा, मिन न्यौपाने रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =