चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनौट
२०७७ साउन १२ गते

काठमाडौं । म्यान्चेस्टर युनाइटेड र चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।
लिग चरणको अन्तिम खेलमा जित निकाल्दै लण्डन क्लब चेल्सी र म्यान्चेष्टर शहरको युनाईटेड अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका हुन् ।
चेल्सीले वोल्भरहम्पटनलाई २–० गोल अन्तरले पराजित गर्दै ३८ खेलमा ६६ अंक हासिल गर्दै चौथो स्थानमा रह्यो भने म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–० ले पराजित गर्दै ६६ अंक सहित नै तेस्रो स्थानमा रहेर लिग सकाएको हो ।
लेस्टरले भने ६२ अंक सहित पाँचौ स्थानमा रहदै युरोपा लिगमा चित्त बुझायो ।
२०७७ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








