स्ट्राइकर भार्डीले जिते प्रिमियर लिगको गोल्डेन बुट

काठमाडौं । लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट जितेका छन् । लिग अवधिभर २३ गोल गरेका भार्डीले निकटतम प्रतिद्वन्द्वीलाई १ गोलले पछि पार्दै उपाधि जितेका हुन् ।
उनले आर्सनलका पिएरे एमरिक अउबामेयांग र साउथहम्पटनका डानी इन्ग्सलाई पछि पर्दै गोल्डेन बुट जिते । अउबामेयांग र इन्ग्सले २२(२२ गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका रहिम स्टरलिङले २० गोल गरे भने लिभरपुलका मोहमद सलाहले १९ गोल गरेका थिए ।
भार्डीले गोल्डेन बुट जितेपनि अन्तिम खेलमा लेस्टर म्यानचेस्टर युनाइटेडसँग २–० गोल अन्तरले पराजित भएपछि च्याम्पियन्स लिगमा छनौट हुन् असफल भएको छ । भार्डी प्रिमियर लिगमा गोल्डेन बुट जित्ने तेस्रो इङल्याण्डका खेलाडी हुन् । यस अघि ह्यारी केन र केभिन फिलिपले प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए ।
यस्तै म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएन र गोलरक्षक एडरसनले पनि व्यक्तिगत उपाधि जितेका छन् । बेल्जियन मिडफिल्डर डे ब्रुएनले सिजनभर २० असिस्ट प्रदान गर्दै सर्वाधिक असिस्टको उपाधि जिते । भने ब्राजिलियन गोलरक्षक एडरसनले सिजन अवधिभर १६ असिस्ट राख्दै गोल्डेन गोल्भ्स जिते ।








