‘गृह मन्त्रालयले के जात्रा देखाको ?’

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गृह मन्त्रालयप्रति आक्रामक टिप्पणी गरेका छन् ।

आइतबार (आज) ट्वीट् गर्दै बाँस्कोटाले एक ठाउँबाट अर्को ठाउँमा जानका लागि असहज भएको सर्वसाधारणको स्थितितर्फ इंगित गर्दै मन्त्रालयको आलोचना गरेका हुन् ।

कोरोनाका कारण लकडाउन खोलिएको भनिएपनि सर्वसाधारणले भने अहिले पनि सास्ती व्यहोर्दै आएका छन् । एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने नियम अहिले पनि कायम छ ।

“बेकारको सास्ती के उद्देश्यले यात्रुलाई दुःख दिएको ?” उनले ट्वीटरमा लेखेका छन्, ‘गृह मन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिँडाउने फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती के उदेश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =