वीपी प्रतिष्ठानबाट वीपी कोइरालाको तस्विर हटाएकोमा उपकुलपतिलाई तरुण दलको चेतावनी

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विश्वेश्वर प्रसाद कोइरालाको तस्विर हटाएको प्रति नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले घोर आपत्ति जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको निर्देशनमा केहि दिन अगाडी महामानव वीपी कोइरालाको तस्विर हटाइएको प्रति घोर आपत्ति जनाउँदै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरेका हुन् ।

प्रथम जन निर्वाचित प्रधानमन्त्री महामानब वीपी कोइराला नेपाल तरुण दलको सम्मानित आदर्श पात्र भएकोले उहाँ प्रती हुने कुनै पनि प्रकारका अपमान र उहाको अस्तित्व मेटाउने प्रयत्न कतैबाट भए सो कार्य सैह्य नहुने बताउँदै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले तरुण दलको गम्भिर ध्यानाकर्षण समेत भएको बताए ।

‘महामानब वीपी कोइरालाको नाममा स्थापना भएको प्रतिष्ठानको कार्यालयमा सुरुवाती अबस्थाबाट राखिएको तस्वीर वर्तमान उपकुलपतिको निर्देशनमा हटाइएको भन्ने समाचार आएकोले सो कार्य खेदजनक निन्दनीय छ ।’ अध्यक्ष बस्नेतले भने ।
अर्काको अस्तित्व स्विकार गर्न नसक्ने यस्ता घृणित मानसिकता प्रती तरुण दलको गम्भीर ध्यानाकर्षण भएको बताउँदै हटाइएको उक्त तस्बिर सोही स्थानमा अबिलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रीन बाध्य हुने दावि गरेका छन् । साथै अध्यक्ष बस्नेतले तस्विर यथास्थानमा नराखे त्यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने चेतावनी दिएका छन् ।

योपनि हेर्नुहोस

वीपी प्रतिष्ठानका उपकुलपतिले वीपीकै तस्विर फालेपछि कांग्रेसको आपत्ति

नेपाल–भारत साझेदारी परीयोजना अन्तरगत स्थापना भएको वीपी प्रतिष्ठानमा उपकुलपति भएर आए लगत्तै उपकुलपति डा. गिरीले नेपाली राजनीति र साहित्यका धरोहर प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको तस्विर हटाउन लगाएका थिए ।

प्रतिष्ठानका कर्मचारीहरुलाई महामानव वीपीको तस्विर हटाउन निर्देशन दिएपनि कर्मचारीहरुले तस्विर हटाउने दृढता नगरेकोमा केहि दिनअघि आफैं अगाडी सरेर तस्विर हटाएको प्रतिष्ठानका कर्मचारीहरुले बताएका थिए ।

जसको नाममा धरानमा प्रतिष्ठान बन्यो उसकै मानमर्दन हुने गरी तस्विर हटाएर इतिहासलाई कुल्चने दृढता गरेको भन्दै नेपाली कांग्रेस प्रदेश नं. १ प्रमुख सचेतक केदार कार्कीले आपत्ति जनाइसकेका छन् ।

हतारहतार राखियो वीपीको तस्विर


प्रतिष्ठानबाट प्रथम जननिर्वाचित प्रधानमन्त्रीको तस्विर हटाइएको समाचार हिजो मकालु खबरले प्रकाशित गरेपछि प्रतिष्ठानमा रातारात वीपी कोइरालाको तस्विर राखिएको छ । प्रतिष्ठान स्रोतका अनुसार शुरुमा उपकुलपतिले वीपी कोइरालाको तस्विर हटाएर त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्विर राखेका थिए ।

गत सातादेखि नै महामानव वीपीको तस्विर मानमर्दन हुने गरी हटाएको भन्दै प्रतिष्ठानमा हल्लिखल्ली मच्चिएको थियो, स्थानीय पत्रिकामा समाचार समेत प्रकाशित भएपनि वीपीको तस्विर पुनः राख्ने काम भएको थिएन । हिजो राती भने हतारहतार प्रधानमन्त्री र राष्ट्रपतिको भन्दा केही फुट परतिर वीपी कोइरालाको हटाइएको तस्विर पुनः राखिएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलिप भट्टराईले वीपी कोइरालाको तस्विर हटाएको नभई सारिएको दावि गरेका छन् ।

स्मरण रहाेस्, वीपी प्रतिष्ठानमा अहिलेसम्म राजनीतिक नियुक्ति लिएर आएका कुनैपनि उपकुलपतिहरूले महामानव वीपी काेइरालाकाे उक्त तस्विर हटाउने र सारेर मानमर्दन गर्ने काम गरेका थिएनन्। जानकारहरूका अनुसार उक्त तस्विर प्रतिष्ठान स्थापना ताका नै राखिएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *