बेलायती प्रधानमन्त्री भन्छन्, ‘कोरोनालाई हराउनु छ भने साइकल चलाएर कार्यालय जानुस्’

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस हराउनुको लागि साइकल यात्रा गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री जोनसोनले तौल बढी भएका आफ्ना नागरिकले कोभिडको संक्रमणलाई हराउनका लागि आफ्नो प्रतिरोधी क्षमता विकसित गर्नुपर्ने सुझाव दिँदै यस्तो बताएका हुन् ।

यस हप्ता, विशेषज्ञले तौल बढी भएका मानिसहरु कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेको र संक्रमण रहेको खण्डमा उनीहरुमा मृत्युदर पनि बढी हुने बताएका छन् ।

तौल कम गर्नका लागि जोनसोनले आफ्ना नागरिकलाई साइकल चलाएर अफिस जान आग्रह गरेका हुन् । जोनसोनले जारी गर्ने यस्तो सुझाव नयाँ सरकारको रणनीति अनुसार हो जसमार्फत् भाइरसको संक्रमणको प्रभाव कम गर्न प्रयास जारी छ ।

यसमार्फत्, बालबालिकाका लागि जंकफूडको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ भने रेष्टुँराको मेन्यूमा क्यालोरीको मात्रा पनि लेख्न आदेश दिइएको छ । ‘सक्रिय यात्रा’ हिँड्नु, साइकल चलाउनुजस्ता क्रियाकलापले तौल घटाउन सहयोग गर्ने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।

सात युरोपेली शहरमा अध्ययन गरिएको एक शोधमा दैनिक रुपमा साइकल चलाउँदा बडी मास इन्डेक्स सबैभन्दा कम स्तरमा हुने बताइएको छ । श्रोतः फोर्ब्स पत्रिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *