एक नहुँदै चोइटियो राप्रपा, सुर्य बहादुर थापाका छोरालाई कांग्रेसमा सह-महामन्त्री !

काठमाडाैं । कमल थापा, पशुपति शमसेर, लोकेन्द्र बहादुर चन्दको राप्रपा एक तयारी चलेको ६ महिना भइसक्दा पनि निर्वाचन आयोगमा दल दर्ता हुन नसकिरहेको अवस्थामा राप्रपा नेपालकै संस्थापक स्वर्गिय सुर्यबहादुर थापाका उत्तराधिकारी सुनिलबहादुर थापाले समेत पार्टी परित्याग गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका सुनिलबहादुर थापाले राप्रपाबाट राजिनामा दिएसँगै तीन राप्रपाविचको एकतामा ठूलो धक्का लागेको छ । राप्रपाबाट राजीनामा दिनेमा पूर्वमन्त्री सुनीलसहित ३० जना रहेका छन् । राप्रपाका पुराना र्कायकर्ता सहित सुनिल बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गर्ने भएपछी राप्रपामा तरंग आएको छ ।

कांग्रेस प्रवेश गर्ने निश्चित भएपछि थापासहित ३० जनाले शनिबार पार्टीमा संयुक्त राजीनामा बुझाएका छन्। साउन १३ गते थापासहितका नेताहरु पार्टी प्रवेश गर्ने तयारी भएको राजिनामा दिएका एक कार्यकर्ताले बताए ।

राप्रपा अब पहिलेको जस्तो राप्रपा रहेन । जब राजनीतिलाई व्यापार गर्ने थलो बनाइन्छ भने त्यहाँ देश प्रेम र जनभावनाको कदर नहुँदो रहेछ । त्यहि भएर हामीले राजिनामा दिएका हौं । राजिनामा दिएका एक कार्यकर्ताले भने ।

कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले पनि आफुहरु साउन १३ गते नेपाली कांग्रेसमा प्रवेश गर्ने बताए। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम तय भइसकेको बताइएको छ ।

सुनिल बहादुरलाई सह-महामन्त्री
राप्रपा त्यागेर जम्बो टोलीसहित कांग्रेसमा आउन लागेका सुनिलबहादुर थापालाई सह-महामन्त्री पद दिने हल्ला चलेको छ । यद्यपि, दुवै पक्षले अहिलेसम्म आधिकारिक रुपमा जानकारी दिएका छैनन् । राजिनामा दिएका एक नेताले भने सुनिलबहादुर थापालाई सह-महामन्त्री दिने सहमति भएको छ ।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारमा थापा आपूर्तिमन्त्री बनेका थिए। उनी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटामा पराजित भएका थिए।

दुई राप्रपाबीच एकीकरण भएदेखि नै थापा पार्टीमा असन्तुष्ट थिए। एकीकरण सभामा पनि उनी सहभागी भएका थिएनन्। थापा संविधानसभा सदस्य हुन्।

स्रोतका अनुसार राप्रपा परित्याग गर्नेमा १२ जना केन्द्रीय सदस्य छन्। जसमा २०५१ को मध्यावधि निर्वाचनमा सिन्धुपाल्चोकबाट निर्वाचित भएका पूर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापा पनि छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *