राप्रपाका ३१ नेताले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का ३१ नेताले राजीनामा दिएका छन् । पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले आज संयुक्तरुपमा राजीनामा दिएका हुन् ।

शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको बताउँदै राजीनामा दिएका छन् ।

पत्रमा नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *