मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंहमा कोरोना संक्रमण

एजेन्सी । भारतको मध्य प्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सिंहले ट्वीटरमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आफूले यतिबेला कोरोनाविरुद्धको उपायहरु पनि अवलम्ब गरिरहेको जानकारी दिएका छन् ।

यस्तै उनले आफ्ना राज्यका सबै नागरिकलाई कोरोनाविरुद्धको उपाय अपनाउन र यसलाई बेवास्ता नगर्न आग्रह गरेका छन् ।
हाल भारतमा दैनिक हजारौं कोरोना संक्रमित बनिरहेका छन् ।

पछिल्लो २४ घण्टामा करिब ४९ हजार जनामा कोेरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *