नेयमारको निर्णायक गोलमा पिएसजीलाई फ्रेन्च कपको उपाधि
२०७७ साउन १० गते

काठमाडौं । पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा सेन्ट इटिनेलाई १ शून्यले हराउँदै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो ।
पिएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गर्न सफल भएका थिए । पिएसजीले १३ औं पटक कपको उपाधि जितेको हो ।
२०७७ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित








