सुनसरीका डिएफओ र श्रीमती घुससहित अख्तियारको नियन्त्रणमा

सुनसरी । सुनसरीका डिएफओ र उनकी श्रीमती घुस रकम सहित पक्राउ गरेका छन् । डिभिजन वन कार्यालय सुनसरीका डिभिजन प्रमुख (डिएफओ) र उनकी श्रीमती घुस लिएको रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले डिएफओ रामबाबु साह र उनकी पत्नी किरण साहलाई ५ लाख ५३ हजार घुसको रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताएका छन् ।

श्रीमानश्रीमती दुवैलाई स्रोत नखुलेको ५ लाख ५३ हजार रुपैयासहित रौतहटतर्फ जाँदै गरेको अवस्थमा पक्राउ गरिएको हो ।

डिएफओ साहले घुस वापतको अवैध रकम लिएर रौतहटतर्फ जादै गरेको सुचना अख्तियारमा आएपछी आयोगले उनीहरु दुवैलाई निगरानीमा राखेको थियो । अख्तियारको टोलीले दुवैलाई बा.२ झ. ४१० नम्बरको कार्यालयको गाडीमा रकम लुकाएर राखेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई कोशी गाउँपालिका वडा नं ८ बाट रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *