स्वीस सरकारद्वारा पीसीआर मेसिन हस्तान्तरण

विराटनगर । प्रदेश नम्बर १ सरकारलाई स्वीस सरकारले दुई वटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई शुक्रबार स्वीस सरकारले आरटी पीसीआर मेसिन हस्तानतरण गरेकाे हाे ।

करिव ९० लाख बराबरको आरटी पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले हस्तान्तरण गरेका हुन् । पीसीआर मेसिन ग्रहण गर्दै मुख्यमन्त्री राईले दुई वटा मेसिन तत्काल जडान गर्ने बताएका छन् । एउटा मेची अस्पताल र एउटा प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरिने मुख्यमन्त्री राईले जानकारी दिए ।

पीसीआर मेसिन थपिएसँगै समुदाय स्तरमा कोरोना परीक्षण गर्न सहज हुने मुख्यमन्त्री राईको भनाई छ । पिसीआर मेसिन हस्तान्तरणमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई छिट्टै ग्रिन जोनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।

स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले प्रदेश सरकारलाई हस्तान्तरण गरेकाे पीसीआर मेसिनले प्रतिघण्टा ९६ वटा नमूना संकलन गर्न सक्ने जानकारी दिइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *