माेरङ प्रहरीले फेला पार्याे हराएका २८ थान मोबाइल, सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

विराटनगर । विभिन्न मितिमा चोरी भएकाे तथा हराएको मोबाइल फेला पारि मोरङ प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ । शुक्रबार प्रहरीले भेटिएको २८ थान मोबाइल सम्बन्धित व्यक्तिलाई बुझाएको हो ।

आथिर्क वर्ष २०७६/०७७ मा मोरङ प्रहरीमा १ हजार ३ सय ५९ वटा चोरी भएकाे/हराएको निवेदन दर्ता भएकाे थियाे ।जसमध्ये आर्थिक वर्षमा चोरी तथा हराएको १ सय ८३ वटा मोबाइल सम्बन्धित व्यक्तिलाई बुझाइ सकिएकाे मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । एसपी खड्काका अनुसार असारदेखि शुक्रबारसम्म ७३ वटा निवेदन प्राप्त भएको छ ।

सोही अवधिमा ७३ वटा निवेदन दर्ता भएकामध्ये २८ थान मोबाइल फेला पारेर प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको हो । मोबाइल चोरी तथा लुटपाटमा संलग्न चार जनालाई ‘डाका’ मुद्दा अदालतमा दर्ता गरिएको एसपी खड्काकाे भनाइ छ ।

प्रहरीले यसरी पत्ता लगाउँछ हराएको मोबाईल

हराएका मोबाइल खोजी गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक मिलन थापाको नेतृत्वमा छुट्टै टोली रहेको छ । मोबाइल हराएपछि पहिले प्रहरी कहाँ खोजिदिन आग्रह गर्दै निवेदन दर्ता भएपछि थापाको नेतृत्वको टिमले मोबाइल खोजी गर्न सुरू गर्छ ।

निवेदकले आईएमईआई कोडसहितको निवेदन दर्ता गराएपछि प्रहरीले त्यो कोड र मोबाइल नम्बर प्रहरी प्रधान कार्यालयमा पठाउँछ । सिडिआर भन्ने सिस्टममा हालेपछि मोबाइलमा नयाँ सिम हालेर चलाए त्यसको कल डिटेल र लोकेशन पत्ता लाग्ने प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *