वीरगञ्जमा अर्का एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४४ पुग्याे

वीरगञ्ज । वीरगञ्जमा थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा मृत्यु भएको हो ।

अस्पतालका अनुसार ती वृद्धा मुटुकाे रोगी थिइन् । उनीमा केही दिनअघि निमाेनिया देखिएपछि वीरगञ्जस्थित एडभान्स अस्पतालमा भर्ना गरिएकाे थियाे । उपचारका क्रममा काेराेना परीक्षण गर्दा उनकाे रिपाेर्ट पाेजेटिभ आएको थियाे ।

काेराेना रिपाेर्ट पाेजेटिभ आएपछि उनलाई बिहीबार गण्डक अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचारका क्रममा उनकाे आज मृत्यु भएकाे हाे । याेसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ४४ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *