सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

काठमाडौं । काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ । बिहीबार साँझ सीतापाइला बस्ने २२ वर्षीय युवतीमाथि एसिड प्रहार भएको हो ।

ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको महानगरीय प्रहरीले बताएको छ ।

घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो । उनको अनुहारमा एसिड परेको छ । उनलाई एसिड किन प्रहार भयो खुल्न सकेको छैन ।

युवतीलाई कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए । प्रहरीका अनुसार एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *